नेप्सेमा सामान्य गिरावट, कारोबार रकममा भने वृद्धि

Nepal Cover
२६ जेष्ठ २०८२, आईतवार
image

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (आइतबार) ११.०६ अङ्कले ओरालो लागेको छ । आजको गिरावटपछि नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । बिहीबार ७ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो ।

बजारमा अधिकांश सेक्टर घट्दा पनि हाइड्रोपावरमा उत्साह देखिएको छ । आज यो सेक्टर १.२२ प्रतिशत बढ्यो । धेरै मूल्य बढेका ५ कम्पनीमा सबै हाइड्रोपावर परे ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिभर फल्स पावर र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन चिलिमे हाइड्राेपावर कम्पनी र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७२ करोड ९५ लाख १४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको ६२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको साढे ६१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।