आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Nepal Cover
२८ जेष्ठ २०८२, मंगलवार
image

काठमाडौँ । संघीय संसद् अन्तर्गत मंगलवार दुईवटा संसदीय समितिको बैठक बस्दैछ।  राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।