आज पनि घट्यो नेप्से, बजारमा साढे १२ अर्बको कारोबार

Nepal Cover
३० जेष्ठ २०८२, बिहीबार
image

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ९.०८ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भयो ।

९९ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो । आज होटल तथा पर्यटन समूहमा उच्च वृद्धि देखिएको छ । सो समूह २.१४ प्रतिशत बढ्यो । होटलका अलवा हाइड्रोपावर समूह ०.२२ र फाइनान्स ०.८९ प्रतिशत बढे ।

पियोर इनर्जीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ७४ रुपैयाँ ९० पैसा बढेर ८२४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन चन्द्रागिरी हिल्सको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने रसुवागढी हाइड्राेपावर कम्पनी र तेह्रथुम पावरको शेयरमूल्य ५ दशमलब ९९ प्रतिशतले बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ९ दशमलब ९० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ८ करोड १४ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सानिमा माइ हाइड्रोपावरको ७५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको करिब साढे ५४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।