सेयर बजारमा सबै सूचक घटे, कारोबार रकम भने बढ्यो

Nepal Cover
५ असार २०८२, बिहीबार
image

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २४.७६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २६२८ अंकमा कायम भएको छ ।

कारोबार रकम बढेको छ । अघिल्लो दिन ९ अर्ब ८ करोडको कारोबार भएकोमा आज ११ अर्ब २३ करोडको भयो । जम्मा ४७ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ९ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको १ लाख २१ हजार ५५१ पटकको कारोबारमा ११ अर्ब २३ करोड १४ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। अघिल्ला १२ कारोबार दिनदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको पियोर इनर्जीको शेयर यस दिन भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १२० रुपैयाँ ६८ पैसा घटेर १ हजार ८६ रुपैयाँ ५२ पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन रसुवागढी हाइड्रोपावर कम्पनी र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८५ करोड ४४ लाख ५६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको ५८ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिंगटी हाइड्रो इनर्जीको करिब ४८ करोड रुपैयाँको शेयर किनबेच भएको छ।