नगरसभा बाट गरुडाको ६९ करोड २६ लाख को बजेट पारित

Nepal Cover
७ असार २०८२, शनिबार
image

रौतहट। गरुडा नगरपालिकाको १३औं नगर सभा तथा नवौं बजेट अधिवेशन २०८२ असार ६ गते शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ताको प्रमुख आतिथ्य तथा पछिल्लो समय रौतहटमा बिकासप्रेमी मेयरको रुपमा स्थापित गरुडा नपाका नगर प्रमुख कन्थमणी जयसवालको अध्यक्षतामा आयोजित भब्य सभा बिच नगर उपप्रमुख पुनम चौधरीले आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ को संशोधित बजेट, कार्यक्रम तथा योजनाहरू प्रस्तुत गर्दै नगर सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको हो।
नगरमा शिक्षा, स्वास्थ्य, कृषि, सडक, रोजगारी, लघु उद्यम, पशु सेवा, महिला तथा बालबालिका, अपाङ्गता, दलित, पिछडिएका वर्गका पूर्वाधार विकासलाई प्राथमिकता दिँदै अघि बढ्ने योजनाका साथ बजेट तयार पारिएको छ।
कार्यक्रमको उद्घाटन गर्नुभएको प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ताले मेयर जयसवाल निर्वाचित भएपछि गरुडा नगर समुन्नत, समावेशी र समृद्ध बन्दै गएको दाबी गर्नु भएको छ । ।उहाँले गरुडाको भविष्य निर्माणको यात्रामा आफुले संघ देखि प्रदेश सरकार संग समन्बय गरि बजेट पठाएको र आउने दिनमा सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।
कार्यक्रमका बिशिस्ठ अतिथी एवं नेकपा एमालेका जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले गरुडा नपामा एमाले पार्टी जिते पछि गरुडामा बिकासको लहर छाएको बताए ।नगर बिकासमा पुर्याउनु भएको योगदानको लागि उहाँले मेयर कन्थमणी जयसवाल र उहाँको टिम हार्दिक कृतज्ञता ब्यक्त गर्न भयो ।नगर सभामा जिल्लाका प्रतिष्ठित ब्यक्ती ,जनप्रतिनी ,संचारकर्मी, स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो।जिल्लाभरमा गरुडा नपाले राम्रो काम गरेको भन्दै यस अघि हेटौंडा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यलय प्रमुख उमाकान्त आचार्यले मेयर जैसवाल लाई सम्मान समेत गरेका थिए।