काठमाडौँ । बाल मन्दिर नक्सालको जग्गा हिनामिना प्रकरणका एक प्रतिवादी धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले सोमबार तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
सोमबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले थुनछेक बहसपछि श्रेष्ठसँग धरौटी माग गर्ने आदेश गरेको हो । श्रेष्ठसँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले बताए ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत वैशाख दोस्रो साता बाल मन्दिर लिज प्रकरणमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी (बाल मन्दिरकी तत्कालीन अध्यक्ष) रिता सिंह वैद्य, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठलगायत १७ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।