बालुवाटारमा सत्ता पक्षीय दलको बैठक सुरु

Nepal Cover
१० असार २०८२, मंगलवार
image

काठमाडौँ । सत्तापक्षीय दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बसिरहेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेस नेता कृष्ण सिटौला, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, जनमतका सिके राउत, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ सहभागी छन् । आज आगामी वर्ष ०८२/०८३ को विनियोजन विधेयक (बजेट) संसद्बाट पास गर्ने तयारी छ । त्यसअघि सत्तापक्षीय दलहरूको बैठक बसेको हो।

बजेटमा राखिएका केही प्रावधानमा सत्तारुढ दलबीच एकमत हुन सकेको छैन । सोमबार मात्र कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णु पौडेललाई फोन गरी बजेटका केही प्रावधान तत्काल हटाउन भनेका छन् । अन्यथा बजेट पास नहुने चेतावनी देउवाले दिएका छन् । बजेट पास गर्ने कार्यसूची राखेर आज (मंगलबार) बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ। बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संसद् सचिवालयले जनाएको छ।