काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १ः०० बजे बस्न तय भएको छ ।
बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारीका साथै समसामयिक राजनीतिक विषयवस्तुमा गहन छलफल हुने एमालेले जनाएको छ।
एमालेले भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। सो महाधिवेशनका तयारी तीव्र बनाउने विषय बैठकको मुख्य एजेन्डामा पर्नेछ।