काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको थुनछेक बहस सुरु भएको छ ।
निकै चासोका साथ हेरिएको यो मुद्दाको बहस विशेष अदालत प्रांगणमा प्रत्यक्ष सुन्न र हेर्न मिल्ने व्यवस्था गरिएको छ । विशेष अदालत परिसरमा मानिसहरूको चहलपहल अरु दिनभन्दा धेरै देखिएको छ।
विशेष अदालतमा उपस्थित भएका अध्यक्ष नेपालको बयान सकिएलगत्तै केहीबेरबाट थुनछेक बहस सुरु भएको हो । अहिले अख्तियारका तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्तले बहस सुरु गरेका छन् ।
मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्यालसहित सरकारी वकिलको टोलीले बहस गर्नेछ । त्यसपछि अध्यक्ष नेपालका तर्फबाट कानुन व्यवसायीहरुले जवाफी बहस गर्नेछन् ।
नेपालको पक्षमा बहस गर्न १२० जना वकिलले नाम टिपाएका छन् ।