काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी रहेको बताएका छन्।
बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उपत्यकामा लागुऔषधको बिगबिगी भएको बताएका हुन्।
नेपाल प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको बताए।
अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर हामीले लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेका छौं,’ उनले भने, ‘हामीले सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा हामीले लागुऔषध विरूद्धको अभियानमा सचेतनामुलक कार्यक्रम लिएर जाँदैछौँ। सबैको ऐक्यवद्धता भए लागुऔषध दुर्व्यसनी हामी नियन्त्रण गर्नसक्छौँ।’
लागुऔषधको न्युनीकरण, रोकथाम र नियन्त्रणको विषय गम्भीर बन्दै गइरहेको बताए। लागुऔषधको नियन्त्रण र निवारणमा समयमै सबै एकजुट हुन नसके उत्पादनशील र सिर्जनशील युवा जनशक्ति गुमाउनुपर्ने अवस्था रहेको बताए।