सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी

Nepal Cover
१२ असार २०८२, बिहीबार
image

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी परेको छ ।

संसदीय सुनुवाइ समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका हुन् ।
समितिको आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बसेको बैठकमा सभापति न्यौपानेले प्रस्तावित न्यायाधीशहरू विरुद्ध परेको उजुरीबारे जानकारी दिइन्। उनले बैठकमा को बारे, के उजुरी भन्ने खुलाइनन्।

उजुरीकर्तालाई शुक्रबार समितिको बैठकमा आमन्त्रण गरिएको छ।

जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

त्यस्तै, न्यायपरिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको संसदीय सुनुवाइ पनि सँगसँगै अघि बढ्ने समितिले जनाएको छ । नेपालविरुद्ध कुनै पनि उजुरी नपरेको सभापति न्यौपानेले बताइन् ।