नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम भने बढ्यो

Nepal Cover
१२ असार २०८२, बिहीबार
image

काठमाडौं । पछिल्ला ५ दिनयता शेयर कारोबार मापक नेप्से परिसूचक २६ सय विन्दुमै वरीपरि रहेको छ । यस साताको ५ कारोबार दिनमा १ दिन मात्र बढेको नेप्से ४ कारोबार दिन घटेको छ । ४ कारोबारमा दिनमा नेप्से करिब ३८ अंकले घटेको नेप्से एक दिन करिब ५ अंकले बढेको देखिन्छ । 

नेप्सेमा सामान्य उतारचढाब भइरहेको सूचक भने २६ सयकै विन्दु वरिपरी रहेको छ । आइतबार २ हजार ५ सय ९५ दशमलव ९७ विन्दुमा बन्द भएको नेप्से सोमबार २ हजार ६ सय दशमलव ७६, मंगलबार २ हजार ६ सय दशमलव ५३, बुधबार २ हजार ६ सय दशमलव ७६ तथा विहीबार २ हजार ५ सय ९५ दशमलव ७४ विन्दुमा बन्द भएको छ । पछिल्ला केहि दिन यता नेप्से २६ सय विन्दुमै रहेको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ स्टकको ७४ हजार २३९ पटकको कारोबारमा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ९६ लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने बरुण हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको रिलायबल समृद्धि योजनाको इकाईमूल्य सर्वाधिक ९.३० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६२ करोड ५२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ३९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३२ करोड नाघेको छ।