काठमाडौं। नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरमा डेपुटी गभर्नर बम बहादुर मिश्र ताेकिएका छन्।
गभर्नर विश्वनाथ पौडेल मंगलबार स्वीजरल्यान्ड प्रस्थान गरेकाले उनी स्वदेश फिर्ता नहुन्जेलसम्मलाई अर्थ मन्त्रालयले मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएको छ ।
सिनियर डेपुटी गभर्नर डा.निलम ढुङ्गाना तिम्सिना पनि हाल बङ्गलादेश भ्रमणमा रहेकी हुनाले गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।