रास्वपाले बोलायो संसदीय दलको बैठक

Nepal Cover
१३ असार २०८२, शुक्रबार
image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ताका अनुसार शनिबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाइएको हो । 

बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाक्रमबारे छलफल हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भन्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दै संसदमा विरोध गर्दै आएको छ ।

उसले बेल घेरेर नाराबाजीसँगै संसद नै बहिस्कार समेत गर्दै आएको छ।