पार्टीको महाधिवेशन समयमै हुन्छ : सभापति देउवा

Nepal Cover
१३ असार २०८२, शुक्रबार
image

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस महाधिवेशन समयमै हुने बताएका छन्। चितवनमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले पार्टीको महाधिवेशन समयमै हुने बताएका हुन्।  

नेपाली कांग्रेसको महाधिवेशन समयमा हुनबाट रोक्न लागिएको भन्दै अहिले केही नेता र कार्यकर्ताहरुले विरोध जनाउँदै आएका छन् । सोही प्रसङ्गमा सञ्चारकर्मीहरुको जिज्ञासमा सभापति देउवाले समयमै कांग्रेस महाधिवेशन हुने बताउनुभयो । 

सभापति देउवाले बजेटमा टेक एण्ड पेको सामान्य कुरा हटिसकेपछि बजेट पास भएको र यसलाई ठूलो रुपमा हेर्न नहुने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “एउटा सानो कुरा थियो । टेक एण्ड पे भन्ने हट्यो, बजेट पास भइसक्यो । सानो कुरा हो । ठूलो कुरै होइन । कांग्रेस महाधिवेशन समयमै हुन्छ ।”