काठमाडौं । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले काठमाडौँ मा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय गरेको हो।
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ।बोहोराको गएको चैत्र १९ गते क्रममा निधन भएको थियो।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम रिक्त पदमा निर्वाचन गराइएको हो।