काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) को देहाय (ङ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम विगो असूल उपर हुन मागदाबी लिइएको छ।