काठमाडौँ । मकवानपुरको थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित ६ जना र ट्रेडर्स प्रालिविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।
आयोगले विशेष अदालतमा उनीहरूमाथि भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको हो। उनीहरूले ट्रेडर्स प्रा.लि.मार्फत गैरकानुनी लाभ लिई राज्यलाई आर्थिक हानी पुर्याएको ठहर गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार ठेक्का प्रक्रियामा अनियमितता गरी सरकारी स्रोतको दुरुपयोग गरिएको र त्यसबाट निजीतर्फ लाभ लिइएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।

