प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

Nepal Cover
२३ असार २०८२, सोमबार
image

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्नेछ । 

बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ लगायत पाँच विधेयक टेबुल गरिने कार्यसूची छ।

बैठकमा ‘विनियोजन’, ‘आर्थिक’ र ‘राष्ट्र ऋण उठाउने’ विधेयक (२०८२) राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित पेस गरिनेछ। उद्योगमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति विधेयक’ र खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक’ पेश गर्ने सम्भावना छ।

यसका साथै महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि तथा सहकारी समितिको वार्षिक प्रतिवेदन पनि टेबुल हुने कार्यसूचीमा छ।