स्थानीयतहमा चरम भ्रष्टाचार सरोकारवाला रमिते

Nepal Cover
२३ असार २०८२, सोमबार
image

रौतहट । सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउन लडेका भिडेकाहरु स्थानीय तहबाट सम्पादन हुने कामको रबैया देखेर निरासा व्यक्त गर्न थालेका छ्न्।
आर्थिक वर्षको अन्त अन्तमा हुने डोजरे बिकास बाट पालिएका एकादुइ बाहेक जनताको तहमा खासै कुनै प्रभाव देखिन सकेन।
नगर प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत लगायतले घर घडेरी त सदरमुकाममा जोडे नै, त्यति मात्रैले सन्तुष्ट नदेखिएका उनिहरुले आफना छोराछोरीलाई आफनो धन्धा सिकाएर भबिस्य मा पनि नालायक जनप्रतिनिधि उत्पादन गराउने मनसायका साथ लागी परेको देख्दा नागरिक समाज भबिस्य थप अन्योलमा रहेको निष्कर्ष सहित चिन्ता व्यक्त गर्न पुगेको देखिन्छ ।
आर्थिक वर्षको अन्तमा माटो भर्ने बिकास मधेस तिर मौलाएको छ। यसैगरी मधेसको रौतहट जिल्लाको १८ वटा स्थानीय तह मध्ये राजदेबी नपाका मेयर भिखारी यादवले छोरा रामबली यादबलाइ हाबी गराएका छ्न भने गोनाहीका मेयर प्रेमलाल साहले लामो समय देखि आफनो छोराहरुलाई नगरपालिका भित्र हाबी गराएका छ्न। एउटा छोरालाई ठेक्कापट्टामा सक्रिय गराएका छन् भने अर्को लाई दिनभर नपा मै ढुक्कसँग बस्ने गराएका छ्न्। जिल्लाभरका १८ स्थानीय तह मध्ये गरुडा र गौर नपा बाहेकका सम्पर्क कार्यालय चन्द्रनिगाहपुर मा राखिएको छ। असारको अन्त अन्तमा पुगेका बेला झनै स्थानीय तहमा बसेर काम गर्नुपर्ने जनताको गुनासो सुन्नुपर्ने मेयर ,प्रमुख प्रशासकीय अधिकृत एकाउन्टहरु पछिल्ला दिनमा चन्द्रनिगाहपुर बजारको होटलमा झुमी रहेका देखिन्छन।
पछिल्ला दिनमा ३ः० बजे होटल रेस्टुरेन्ट बाहिर सरकारी मोटरहरु प्रसस्तै देखिन्छ्न। तर नागरिक काम लिएर नपा पुग्दा नगरपालिकामा जिम्मेवार पदाधिकारी कोहि भेटिदैनन।कतिपय स्थानीय तहमा भेटिहाले उपमेयर भिटिन्छ्न काम लिएर गएका नागरिक उल्टो मेयरले पेल्यो मलाई भुमिका दिएन यता भ्रष्टाचार गर्यो उता यस्तो गर्यो उल्टै गुनासो सुनेर नागरिक फर्कनुपरेको यथार्थ छ।
जिल्लाका कतिपय प्रमुख प्रशासकीय अधिकृतले चन्द्रनिगाहपुरमा दुई चारवटा घर घर घरेडी जोडिसकेकाले पनि यो भेग स्थानीय जनप्रतिनिधिका निम्ति आफू अनुकूल काम गराउन सुरक्षित भएको ठानी यतिबेला सबैको केन्द्र चन्द्रनिगाहपुर बन्न पुगेको बताइन्छ ।
जिल्लाका स्थानीय तहमा भैरहेको चरम भ्रस्टाचार देखेर नागरिक समाज सुशासन दिने निकायले रौतहट लगायतका जिल्लामा निगरानी बढाउनुपर्ने माग गर्न थालेका छ्न्।
हाक्काहाक्की कमिसन माग्ने नदिए भुक्तानी रोक्ने हाकिमहरु यतिबेला चन्द्रनिगाहपुरको रेस्टुरेन्टमा भेटिने भएकाले अख्तियार लगायतका निकायले कार्यलयमा होइन अब रेस्टुरेन्टमा छापा हानेर भ्रष्ट जनप्रतिनिधि र कर्मचारीलाई नियन्त्रणमा लिन रौतहटका सचेत नागरिक समाजले माग सहितको ध्यानाकर्षण गराएका छ्न्। माधबनारायण नपाका मेयरका छोरा कृष्ण यादवले ठेक्कामा शासन गरिरहेका छ्न् ।
ठेक्कापटा उनकै तजबिजमा हुने गरेको छ। यसैगरी गढिमाइ नपाका मेयरका ज्वाइँ हाबी छ्न।कार्यकारी प्रमुख नागेन्द्र यादब र मेयरका ज्वाइ गोपाल यादब (कृष्णकान्त)को चन्द्रनिगाहपुर निवासमा हुने सेटिङले गढिमाइ चल्दै आएको बताइन्छ भने कटहरियाका मेयरका बुवा ओमप्रकास जैसवालको चल्ती बढी हुने गरेको बताइन्छ। फतुव विजयको उपमेयरका श्रीमान सकृय देखिन्छ्न भने मौलापुर नपा मेयरका श्रीमान माननीय प्रभु साहले चलाइरहेको समाचार श्रोत बताउँछ । यसैगरी बृन्दाबन नपाका मेयर बिनोद कुर्मी जिल्लाभरको स्थानीय तहलाई माथ गर्दै चरम भ्रस्टाचार गर्दैछन भनेर वडा अध्यक्षहरुले संयुक्तरुपमा अख्तियर गुहारेको बुझिएको छ। मेयर कुर्मीका छोरा सन्तोष कुर्मी बुबाको पदको दुरुपयोग गरिरहेको वडा अध्यक्षको आरोप छ। त्यस्तै कार्यकारी अधिकृत खिम बहादुर भुजेल पछिल्ला दिनमा मेयर कुर्मिको धन्धालाई सघाइरहेका एक वडा अध्यक्षले सम्पत्ति न्युजलाइ बताए।
समाचार श्रोतका अनुसार चन्द्रपुर नपाले धेरै काम गर्न पाएन।
कार्यकारी अधिकृत डाक्टर श्रवण कुमार साह भर्खरै आएकाले कसैले मोहोरा बनाउन पाएन अन्त अन्तमा केही काम भएपनि प्रशासकीय अधिकृत साहले हानी हुने गरि काम गरेको देखिदैन तर यस अघिकाले भने राम्रै धनराशि बटुलेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूरा निसाना बनाए पछि रातारात गृह मन्त्रालय भित्र दुइचार पेटि पेले सगै साहायक प्रजिअको जिम्मेवारी पाएको चन्द्रपुर नपाका एक वडा अध्यक्षले हाम्रा प्रतिनिधिलाई बताए ।
ऋषिकुमार यादव