काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि राम्रो भएको बताएका छन् ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि आज प्रतिनिधिसभामा आफ्नो भ्रमणबारे जानकारी गराएका हुन् ।
असार १४ गते स्पेनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओली भ्रमण सकेर यही असार २० गते स्वदेश फर्किएका थिए । सम्मेलनमा आफ्नो सहभागीताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि हुनुको साथै नेपालको वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्रसंघको सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले विदेश भ्रमण पूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास रहिआएको छ।