गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ : थापा

Nepal Cover
२३ असार २०८२, सोमबार
image

काठमाडौँ । सत्तासीन दल नेकपा (एमाले) का सांसद सूर्य थापाले सत्ता गठबन्धनभित्र कहीँ समस्या भए समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभामा बोल्दै थापाले गठबन्धनभित्रको मतभेदलाई बाहिरको अस्थिरता फैलाउने प्रयाससँग नजोड्न आग्रह गरे। “गठबन्धनमा कतै समस्या छन् भने पनि त्यसलाई छलफल, बहस र आपसी समझदारीमार्फत समाधान गर्नुपर्छ,” उनले भने, “गठबन्धनले केही शक्तिलाई चकित तुल्याएको छ, उनीहरूबाट अस्थिरताको खेती चलिरहेको छ, त्यसको भ्रममा नपर्न म आग्रह गर्दछु।”

अगाडि उनले भने, ‘बिहान उज्यालो भएदेखि बेलुका अँध्यारो नभएसम्म अस्थिरताका विभिन्न बेलुनहरू उडाउने कोसिस भइरहेका छन्।अहिले जुन गठबन्धन बनेको छ, यो गठबन्धनका योग्यतका, यसका सीमाहरूका बारेमा म धेरै बहस गर्न चाहन्नँ। तर, अस्थिरताका झिंगे दाउहरू समाप्त पारेर, असफल पारेर यसले स्थिरताको सन्देश प्रवाह गरेर यो गठबन्धन बनेको छ। यसलाई ठिक ढंगले सफल बनाउनुपर्छ। सफल ढङ्गले यो मुलुकमा विकासको, समृद्धिको, सामाजिक न्यायको पक्षमा सरकारले काम गर्छ भन्ने कुराको अनुभूति गराउनुपर्छ।’