रुपन्देहीको वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

Nepal Cover
२४ असार २०८२, मंगलवार
image

काठमाडौँ । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादव तीन लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले यादवलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

अख्तियार प्रशासन विशेष स्रोतका अनुसार, योजनाको भुक्तानी गर्ने क्रममा घुस लिँदै गरेको अवस्थामा यादवलाई आज नियन्त्रणमा लिइएको हो।