कुलिङ पिरियडमा गडबडी : छानबिन समितिको पहिलो बैठक आज बस्दै

Nepal Cover
२४ असार २०८२, मंगलवार
image

काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक मंगलबार बस्दैछ ।

बैठक मध्यान्न १२ बजे सभामुखको उपस्थितिमा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने तय भएको प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

यो बैठकले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘छलकपट’ गरी लेखिएका भनिएका त्रुटिहरूको अध्ययन तथा छानबिन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने बिषयमा छलफल गर्ने गिरीले बताए ।

समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार रहेका छन् भने सुशीला थिङ तथा नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन् ।