सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले लिए शपथ

Nepal Cover
२४ असार २०८२, मंगलवार
image

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त तीन जना न्यायाधीशले शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष आज पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् ।

उनीहरूलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शपथ खुवाएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका थिए । शपथपछि उनीहरूको आजै इजलास समेत तोकिएको छ ।