प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Nepal Cover
२५ असार २०८२, बुधबार
image

काठमाडौं । आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०/२०८१) पेस गर्ने कार्यसूची छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची रहेको छ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक २०८२ माथि दफावार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ।

सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन विधेयकमाथि राष्ट्रियसभाबाट भएको विचारमाथि संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।