शनिवार थप २ हजार बढीमा संक्रमण पुष्टि

  Sampatti News

October 3, 2020

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ।

उदयपुरका ७, ओखलढुंगाका ४, खोटाङका ५, झापाका ९, धनकुटाका १, मोरङका १११, संखुवासभाका ३, सुनसरीका १२२, धनुषाका १३, पर्साका १८, बाराका २५, महोत्तरीका ५, रौटहटका ८२, सप्तरीका १९, सर्लाहीका ५, सिरहाका ८, काठमाडौँका १००१, काभ्रेका १४, चितवनका ७५, दोलखाका ४, धादिङका ८, नुवाकोटका ८, भक्तपुरका ६७, मकवानपुरका १२, रामेछापका ६, ललितपुरका १०९ र सिन्धुपाल्चोकका २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सिन्धुलीका ६, कास्कीका २२, गोरखाका ६, तनहुँका १०, नवलपरासीपूर्वका ८, पर्वतका १, म्याग्दीका १, लमजुङका ३, बाग्लुङका १, स्याङ्जाका २, अर्घाखाँचीका २, कपिलवस्तुका ६, गुल्मीका २, दाङका ४, नवलपरासी ६, पाल्पाका ७, प्यूठानका ६, बर्दियाका १०, बाँकेका १९, रुपन्देहीका ९८, रोल्पाका १, कालिकोटका १, दैलेखका ९, सुर्खेतका ४३, कञ्चनपुरका ५, कैलालीका ९३, डडेल्धुराका २, दार्चुलाका १, बझाङका १ र बाजुराका १ जनामा कोरोना पुष्टि भएको हो।

हाल २१७ जनाको आईसीयु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी कोरोना संक्रमति छन् भने मनाङ, मुस्ताङ र डोल्पामा कोरोना संक्रमित छैनन्।

प्रकाशित मिति:October 3, 2020