त्रिविको उपकुलपतिमा प्रा.डा. अर्याल नियुक्त

Nepal Cover
२५ असार २०८२, बुधबार
image

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन् ।  बुधबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिविको उपकुलपतिमा प्रा. डा. अर्याललाई नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित सिफारिस समितिले असार २३ गते उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। समितिले निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, त्रिविको विज्ञान संकायका पूर्वडीन प्रा.डा. विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. दीपक अर्यालको नाम सिफारिस गरेको थियो।

यसअघि, उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा चैत २८ गते स्वीकृत भएपछि चैत ३१ गते प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई बढीमा तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए।