२४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

Nepal Cover
३१ असार २०८२, मंगलवार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुख र कार्यालय सहयोगीलाई घुससहित नियन्त्रणमा लिएका छ । 

आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य, नायब सुब्बा दिपकप्रसाद अधिकारी, कार्यालय सहयोगी टिकाराम राउतलाई घुस रकमसहित मंगलबार नियन्त्रणमा लिएको छ ।

आयोगले २४ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिँदै थप अनुसन्धान गरिरहेको जनाएको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिकामा १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउन घुस दाबी आयोगले लिएको छ । उदयपुरका आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र भक्तपुरका राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत बरामद गरिएको छ ।