काठमाडौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ११ बजेदेखि बैठक सुरू हुने एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए। शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो ।
आजको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल हुनेछ ।
शुक्रबार सात जनाले मस्यौदामाथि धारणा राखेका थिए । किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राखेका थिए । बाँकीले आजको बैठकमा धारणा राख्नेछन् ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले पनि प्रवेश पाएको छ । सदस्यहरुले भण्डारीको राजनीतिमा फर्किने निर्णय, ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्थालगायतका विषयमाथि धारणा राख्नेछन् ।