राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा ढकाल

Nepal Cover
४ श्रावण २०८२, शनिबार
image

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा पूर्व कार्यकारी निर्देशक देव कुमार ढकाल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ढकाललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

ढकालसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ । पछिल्लो समय राष्ट्र बैंकको निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैंकिङ प्रशासन तथा नियमन प्रणाली विषयको जानकार हुन्।

नवनियुक्त ढकाललाई बैंक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्राडा रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, बैंक व्यवस्थापन समितिका पदाधिकारी, कम्पनी सचिव प्रमोद अधिकारी एवम् प्रमुख कार्यकारी अधिकृतको कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए।

विसं २०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले अहिले तीन सय नौ वटा शाखा कार्यालयमार्फत ७७ वटै जिल्लामा करिव ४७ लाखभन्दा बढि सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ । बैंक आफ्नो सेवालाई समय सापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित रहेको छ । 

https://www.nepalipaisa.com/news-detail/83629