भोली प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

Nepal Cover
७ श्रावण २०८२, मंगलवार
image

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधवार) संसद्मा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका छन् । बुधवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन् ।त्यस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्री पदमा नियुक्तसम्बन्धी पत्र सभामुखले वाचन गर्नेछन् ।

राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियो भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।