६ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा (सूचीसहित)

Nepal Cover
१० श्रावण २०८२, शुक्रबार
image

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम ती निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

ती कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद कार्यक्रममा सहभागी हुन पाउनेछैनन् ।