काठमाडौं । बागमती प्रदेशका ४ मन्त्री पदमुक्त भएका छन् । बागमती प्रदेशका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उनीहरुलाई पदमुक्त गरेका छन् ।
मुख्यमन्त्री लामाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री विमल चन्द्र ठकुरीले राजीनामा दिएका थिए ।
नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरिरहेका मुख्यमन्त्री लामासँग रुष्ट बनेका उनीहरू पनि काँग्रेसकै हुन् ।
मुख्यमन्त्री लामा नेतृत्वको बागमती प्रदेश सरकारले जनआक्रोश भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेको उनीहरूको जिकिर छ ।
