राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Nepal Cover
१५ श्रावण २०८२, बुधबार
image

काठमाडौँ । संघीय संसदअन्तर्गत् राष्ट्रिय सभाको बैठक बिहीबार बस्दैछ। आज अपराह्न १ः१५ बजे राष्ट्रिय सभा बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। 

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने छन् ।