कलंकीमा पुन ठुलो परिणाममा मिति सकिएका खाद्य सामाग्री बिक्रि गर्ने पक्राउ

Nepal Cover
१८ आश्विन २०७७, आईतवार
image

काठमाडौ । कोरोनाको त्रास बडेको बडै छ चाडपर्बको चटारो भित्रने लाग्यो। सबैको ध्यान कोरोनाबाट बच्न छ। तर यो संकटको फाइदा उठाउन निश्चित तत्त्व सक्रिय छ्न। केहिदिन अघि कलन्की र वाफल बाट ठुलो परिणाममा मिति सकिएका चक्लेट ,हर्लिक्स लगाएत्का खाद्य बस्तुहरु नक्कली मिति जारिगरिरहेको अबस्थामा अपराध अनुसन्धान प्रहरीको टोलिले पक्राउ गरेको थियो।

पक्राउ परेका अपराधीहरुको अनुसन्धान पछि थप धन्धाको जानकारी पए सङै आज कलकी मा प्रवीणकुमार वन्का को ५ तले घरमा मिति सकिएका घ्यू तेल,चक्लेट मैदा बिस्कुट लगाएतका बस्तुहरुमा नयाँ मिति टासिरहेको अबस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौको टोलिले पक्राउ गरेको छ।जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खडकबहादुर श्रेष्ठले टोलि लिएर कलकी पुग्दा कामदारहरुले मिति सकिएका सामाग्रीलाई नया मिति लेखिएको स्टिकर टासिरहेको अबस्थामा पक्राउ गर्न पुगेका थिए।

काठमाडौ प्रहरी परिसर,अपराध अनुसन्धान ,बाणिज्य आपूर्ति बिभाग का प्रतिनिधि लगाएत्का निकाय बाट खटिएका कर्मचारीले नयाँ मिति जारी गर्ने क्रममा खटिएका सबैलाई पकाउ गरिसकेको छ। प्रभाबकारी ढ्ङ्ले बजार अनुगमन नहुदा बजारमा बेथिति बढे छ भन्ने बजारमा किनमेल गर्नेहरूको गुनासो बढसङै पछिल्लो पटक अनुगमनलाई तिब्र पारिएको छ। बजारमा अनुगमन भएसङै कालाबजारी गर्ने र अपराध जन्य कार्य गर्नेहरु भटाभट पक्राउ पर्न थालेको प्रशासकीय अधिकृत श्रेष्ठ बताउनुहुन्छ। अब कालाबाजारी गर्नेहरू कुनै पनि बहानामा उम्कन नसक्ने उहाँको भनाइ छ।