लाइसेन्सको अवधि १० वर्ष पुग्यो

Nepal Cover
१९ श्रावण २०८२, आईतवार
image

काठमाडौं। सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अवधि बढाइएको छ । हाल पाँच वर्षको अवधि तोकिएकोमा बढाएर १० वर्ष बनाइएको छ। 

सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित हुदैंगर्दा यो व्यवसथा लागुगरिएको हो।

जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ ।

संशोधित व्यवस्था अनुसार यस्तो अवधि अब १० वर्ष बहाल हुने भएको छ । लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पु¥याइएको छ । लयसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो । नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिने बेहोरा उल्लेख छ ।