तुल्सिलाल अमात्यको बिचार र सङ्कल्प पूरा गर्न सधैं लागी पर्छौ- प्रधानमन्त्री ओलि

Nepal Cover
१९ श्रावण २०८२, आईतवार
image

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरूका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् ।
तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा आज आयोजित २८ औँ तुलसीलाल स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले तुलसीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपरेको बताए । उनले संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरूको लामो समयदेखिको दूर दृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण गरे ।
कार्यक्रममा प्रतिष्ठानद्वारा सञ्चालित काठमाडौँ उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो भने प्रा श्यामसुन्दर शेर्पाको बुद्धका विचारसम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।नेपाली कम्युनिस्ट आन्दोलनमा तुल्सिलाल अमात्यले ठूलो योगदान दिनुभएको थियो भने रौतहटको किसानको ॠण मुक्त आन्दोलनमा उहाँको योगदान आज पनि रौतहट बासीले स्मरण गरिरहेका छ्न्।