काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्षसहित दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
सोमबार आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसहित दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
वडा अध्यक्षमाथि सार्वजनिक सम्पत्ति हिनामिना, हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ ।
