कुलिङ पिरियडमा दुईबुँदे बटम लाइन राखेर विपक्षी

Nepal Cover
२० श्रावण २०८२, सोमबार
image

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक भाँडिएको छ । कुलिङ पिरियडमा दुईबुँदे बटम लाइन राखेर विपक्षी दलहरू बाहिरिएका हुन् । 

सोमबार बिहानैदेखि छलफलमा जुटेका समिति सदस्यहरूमध्ये नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका छन् । यसले  थप अन्योल सिर्जना गरेको छ । 

उनीहरूले राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने र मुख्यसचिवसहित उच्चपदस्थ कर्मचारीले पदीय आचरणअनुकूल कार्य नगरेको किटान गर्नुपर्ने अडान राखेका थिए । सो विषयमा सत्तापक्ष सहमत नभएपछि बैठक भाँडिएको हो ।

सत्तारूढ पक्षले कसैलाई पनि कारबाही गर्न नहुने भनेकाले सहमति जुट्न नसकेको विपक्षी दलको आरोप छ । विपक्षीले अडान राखेकाले सहमति जुट्न नसकेको सत्तारूढ दलका सांसदको आरोप छ । सहमति जुटाउन विपक्षी तीन सांसदहरूले सभापतिलाई जिम्मेवारी दिएर संसद् भवन नयाँ बानेश्वर पुगेका छन् ।

एक घण्टाभित्र सहमतिमा आउन आग्रह गरिएको विपक्षी दलका सांसदहरूको भनाइ छ । माओवादीका माधव सापकोटा, रास्वपाका गणेश पराजुली र राप्रपाका रोशन कार्कीले सभापति परियारलाई सहमति जुटाउन जिम्मेवारी दिएर संसद बैठकमा गएका हुन् ।

सत्तारूढ दलका सांसदहरूको बैठक भने सिंहदरबारमा बसिरहेको छ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले कुलिङ पिरियडमा दुई बुँदे बटमलाइन राखेर विपक्षी दलहरू बाहिरिएका छन् ।

सोमबार बिहानैदेखि छलफलमा जुटेका समिति सदस्यहरूमध्ये नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका हुन् । पहिलो, राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने ।

दोस्रो, मुख्यसचिव सहित उच्च पदस्थ कर्मचारीले पदीय आचरण अनुकल कार्य नगरेको किटान गर्नुपर्ने । ‘तल्लोस्तरका कर्मचारीलाई दोष देखाएर उम्कने काम हामीले स्वीकार गरेका छैनौं,’ समिति सदस्य समेत रहेका माओवादी केन्द्रका सांसद माधव सापकाटा सुबोधले भने ।