सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्याे ?

Nepal Cover
२१ श्रावण २०८२, मंगलवार
image

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो ।

जसअनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ । याे मूल्य हालसम्मकै उच्च भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो ।