जन्मदिनलाई सतकर्ममा जोडौं’अभियान अन्तर्गत रौतहटमा वृक्षरोपण

Nepal Cover
३ भाद्र २०८२, मंगलवार
image

रौतहट । जन्मदिनलाई सतकर्ममा जोडौं’अभियान अन्तर्गत रौतहटका वरिष्ठ पत्रकार एवं सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्व नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य शिव पुरी र पत्रकार अनमोल कार्कीले आफ्नो जन्मदिन विशेष ढंगले मनाएका छन्।

दुवै पत्रकारले आज (आफ्नो जन्मदिनको अवसरमा) रौतहटस्थित शुभजन्मोत्सव पार्कमा नरिवलको बृक्षरोपण गरी जन्मोत्सव मनाएका हुन्।

अभियानको सुरुवाती चरणदेखि नै सक्रिय रहेका यी दुई पत्रकार लाई‘जन्मदिनलाई सतकर्ममा जोडौं’अभियानका तर्फबाट शुभकामना व्यक्त गरिएको छ। शुभकामनामा रौतहटेली नागरिकबीच न्याय, सचेतना र कुशासनविरुद्ध दीप बनेर प्रकाश फैलाइरहुन् भन्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा जन्मोत्सव संरक्षण समितिका संस्थापक एवं
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोबिन्द चौलागाईं,रौतहट शाखाका अध्यक्ष संजय कार्की, समितिका पदाधिकारीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।

बरिष्ठ पत्रकार चौलागाईंले एकवर्ष अघि रौतहटबाट सुरुगरेको‘जन्मदिनलाई सतकर्ममा जोडौं’अभियान हाल देशब्यापी बनेको छ। अभियान अन्तर्गत राजनेता,प्रशासक,कर्मचारी, अभिनेता,पत्रकार नागरिक समाज सबै जोडिएर आआफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गर्दै आएका छन्।

हजारौँ रुपैयाँ खर्चेर होटल रेष्टुराँमा केक काटेर जन्मदिन मनाउनु भन्दा एउटा बिरुवा रोप्दा पर्यावरणको संरक्षण हुनुका साथै आजीवन सम्झनाको रूपमा रहने संस्थापक चौलागाईको बुझाई रहेको छ।