दशैँमा घर जान नपाईने, यथास्थानमा दशैँ मनाउन सरकारको आग्रह

  Sampatti News

October 4, 2020

काठमाडौँ । कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले यस वर्षको दशैंमा घर जान नपाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ईन्सिडेन्ट कमाण्ड सिस्टमले यो वर्ष यथास्थानमै बसेर दशैं मनाउन बताएसँगै घर जान नपाइने भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको संयोजकत्वमा आज बसेको बैठकले जहाँ छौं त्यहीँ दशैं मनाउने र त्यहीअनुसार व्यवस्था गर्ने निर्णय गरेको हो ।

गाउँमा जाँदा कोरोना फैलने डरले मन्त्रालयले आफू बसेकै स्थानमा दशैं मनाउन भनेको हो । दिनप्रतिदिन कोरोना संक्रमितको संस्या वृद्धि भएकाले यथास्थानमै दशैं मनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति:October 4, 2020