शेयरबजारमा करेक्सन, नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

Nepal Cover
४ भाद्र २०८२, बुधबार
image

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.७० अंक घटेको छ । सो कमीपछि नेप्से २७६७ अंकमा कायम भएको छ ।

कारोबार सुरु भएको ११ : ३९ बजे नेप्से २७८२ अंकसम्म पुगे पनि त्यसपछि सामान्य उतारचढावमै रह्यो । २ बजेपछि भने बजारमा बिक्री चाप बढेसँगै नेप्से पुनः ओरालो लाग्यो। कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडमा खुम्चियो । आज ५९ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो ।

विकास हाइड्रोपावरको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आजदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य यस दिन २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन चन्द्रागिरी हिल्सको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ ऋणपत्रको मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.०३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने चन्द्रागिरी हिल्सको करिब साढे १९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।