काठमाडौँ । गृह मन्त्रालयले विभिन्न ठूला जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) हरुको सरुवा गरेको छ ।
गृह मन्त्रालयले १७ जना सहसचिव र १२ जना उपसचिवको एकसाथ सरुवा गरेको छ। साउन ४ गते सामान्य ले र अर्थले कर्मचारी सरुवा गरे सगैँ गृहले पनि २९ कर्मचारी फेरवदल गरेको छ। भएको यो निर्णयसँगै काठमाडौँ, भक्तपुर र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर भएका हुन्।

