नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

Nepal Cover
५ भाद्र २०८२, बिहीबार
image

काठमाडौँ। आज (बिहीबार) बजारको परिसूचक नेप्से ९.२२ अंक घटेको छ । बजारमा कारोबार रकम ५ अर्ब २ करोडमा खुम्चिएको छ । साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएकोमा तीन साताकै अन्तरमा कारोबार रकम ८१ प्रतिशत घटेको हो ।

यो साता आइतबार ७ अर्ब ७३ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब १७ करोड, मंगलबार ५ अर्ब ६३ करोड, बुधबार ५ अर्ब २० करोडको कारोबार भएको थियो ।

विकास हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३२ रुपैयाँ १० पैसा बढेर ३५३ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। यस दिन बढेका अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ। यस दिन जनउत्थान समुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ४.६५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँको शेयर किनबेच भएको छ भने बलेफि हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।