चाडपर्व नजिकिदै जादा सिडिओ हेरफेरले कालाबजारीलाई बलपुग्दै

Nepal Cover
५ भाद्र २०८२, बिहीबार
image

काठमाडौं । चाडपर्व नजिकिदै छ।सरकारका जिम्मेवार मन्त्रालयको पछिल्लो कर्मचारी सरुवाले कालाबजारी गर्नेहरूलाई बल पुगेको आरोप लागेको छ। बजारमा अनुगमन तीब्र बनाउनुपर्ने समयमा दर्जनौं जिल्लाका प्रजिअ फेरिएका छ्न। बाणिज्य बिभाग ,राजस्व अनुसन्धान बिभाग लगायत कतिपय बिभागमा पुगेका महानिर्देशकहरु आफनो कार्यालयले गर्ने कामका बारेमा मातहतका कर्मचारी सग छलफलमा जुटेका छ्न्। कतिपय प्रजिअ सरुवा भएको स्थानमा जाने क्रममा बाटोमै छ्न्। यस्तो मौकामा चौका हान्न माहिर तस्करले आआफ्नो साम्राज्य खडा गरि चाडपर्व केन्द्रित सामान स्टोरमा जुटेको समाचार छ।
तराई क्षेत्र बाट हजारौं क्विन्टल चिनी लगायतका खाद्यान्न काठमाडौ कालिमाटी आसपास भित्र्याएको समाचार छ। सिडिओहरुको ध्यान सरुवा र थमौती तिर केन्द्रित भएकाले बजारमा सरोकारवालाको ध्यानाकर्षण हुनुपर्ने उपभोक्ता अधिकार कर्मिले सम्पत्ति न्युज सगको भेटमा धारणा राखेका छ्न्। सरकारले बजेट मार्फत आम्दानी करमा दश प्रतिशत कर घटाएको भएपनि त्यो अनुपातमा मुल्य घटेको देखिदैन। खाद्यवस्तुमा मुल्य स्वभाविक छैन। सिमाका धेरै स्थानमा तस्करी धन्धा मौलाएको छ। गृह मन्त्रालयको ध्यानत्यता हुनुपर्नेमा त्यसो नभै प्रमुख जिल्ला अधिकारीको सरुवामा कांग्रेस पृष्ठभूमीका कर्मचारीलाई अवसर दिन लागी परेको आरोप लागेको छ ।
गृहमन्त्री रमेश लेखक र गृहसचिवले आफू अनुकूल सीडीओ सरुवामा एकलौटी गरेपछि एमाले धारका कर्मचारी अलमलमा परेका छन्।

भक्तपुरको सीडीओमा नवराज घिमिरे प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयमा पुगेर सीडीओ बन्न पुगेका हुन् । यस्तै, काठमाडौं पठाइएका छवि रिजाल इमानदार कर्मचारीमा परिचीत छ्न्। त्यस्तै काठमाडौका प्रजिअ रिजाल वरिष्ठ सहसचिव हुन।
उनलाई भाबी गृहसचिबका रुपमा हेरिएको छ।

त्यस्तै धादिङको सीडीओ चलाएका सुमन घिमिरेले पनि ललितपुर जिल्लाको जिम्मेवारी पाएका छन् । एक महिना अघि मात्रै पाल्पाको सीडीओ बनेका तोयानारायण सुवेदीलाई पर्साजस्तो महत्वपूर्ण जिल्लाको नेतृत्व गर्ने गरि पठाइएको छ। तर त्यहाँका प्रजिअ अर्याल काबिल प्रशासक कार्यरत नै थिए।

कांग्रेस सहमहामन्त्री समेत रहेका जीवन परियारकी श्रीमति सीता परियार रुकुम पूर्वको प्रमुख जिल्ला अधिकारी भएर गएकोले सरुवामा काङ्ग्रेसीकरण भएको आरोप समेत लागेको छ।

गृहमन्त्री रमेश लेखकको पीए बसेका बद्रीप्रसाद तिवारीले पनि म्याग्दीको सीडीओ बन्ने मौका पाएका छन् । तिवारी उनै पात्र हुन, जसले भिजिट भिसा प्रकरणमा ठूलो भूमिका खेलेको आरोप खेपेका छ्न्।

पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पीए बसेका गृहमा राइदाइ गरेका नवराज पौडेललाई मनाङको सीडीओ पठाइएको छ।

भोजपुरमा रहेका सुरेश पन्थी डेढ महिनामै गृहमन्त्रालय तानिएका छन् । उनको स्थानमा बाबुराम गौतमलाई पठाइएको छ । सरकार सरुवामा लागि पर्दा गर्नुपर्ने काम छुटने हो कि त्यतातिर ध्यानाकषिर्त हुनुपर्ने सुशासनको लागिपरेका संघ सस्थाका पदाधिकारीको धारणा रहेकोे छ।
राम्रो काम गर्दागर्दै पर्साका प्रजिअ गणेश अर्याल सरुवामा परेको सन्दर्भलाई लिएर केहि फरक धारणा समेत आएका छन् ।