बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?  

Nepal Cover
८ भाद्र २०८२, आईतवार
image

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।

 तोलामा २३ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने सुन तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।  

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँ बढेर आज २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार प्रतितोला २ हजार ३ सयमा १० रुपैयाँमा कायम भएको थियो ।