जसपाका दुई मन्त्री फेरिँदै

Nepal Cover
८ भाद्र २०८२, आईतवार
image

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गरेको हो ।

सरकारमा मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउने र डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको हो। 

सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सुरूमै एक वर्षका लागि मात्रै हो है भनिएको थियो, त्यसअनुसार उनीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय पार्टीले गरेको छ,’ ती पदाधिकारीले भने, ‘अध्यक्षज्यूले प्रधानमन्त्रीज्यूलाई मन्त्री हुनेहरूको नाम पनि दिइसक्नुभएको छ।’