महालेखाबाट देशभर लेखापरीक्षणको निम्ति कर्मचारी खटिए

Nepal Cover
८ भाद्र २०८२, आईतवार
image

काठमाडौं । सरकारी कार्यालयले गर्ने खर्चको लेखापरीक्षण गर्ने संबैधानिक निकाय महालेखा परिक्षको कार्यालयले देशभरका कार्यालयको दशै अघि नै एकचरणको लेखापरीक्षण कार्य सम्पन्न गर्ने गरि आफ्नो कर्मचारी खटाएको छ।
बेरुजु बढदै गएको सन्दर्भलाई ध्यान दिदै अब हुने लेखापरीक्षणमा बढी निगरानी गरिने बताइएको छ। प्राप्त जानकारी अनुसार गत वर्षको वार्षिक प्रतिबेदनमा आएका बिषय प्रती ध्यान दिदै अबका दिनमा ती उल्लेखित क्षेत्रमा महालेखा थप कठोर बन्न सक्ने महालेखा परिक्षकको सचिवालयले जनाएको छ।
देशभरका पाँच हजार नौ सय अठार सरकारी कार्यालयको लेखापरीक्षण गर्ने जिम्मेवारी पाएको सो कार्यालय बाट खटिएका कतिपय कर्मचारीले आफनो पदिय जिम्मेवारी पूरा गर्न भन्दा ब्यक्तिगत लाभलाई ध्यान दिएको सन्दर्भ संसदमा समेत उठने गरेको बिषयमा महालेखा सचेत भएको यसपटक कर्मचारी परिचालनको अवस्था हेर्दा स्पस्ट हुन सजिलो भएको छ । आफनो परिक्षकको कार्यालय भित्र नायब महालेखा परिक्षकहरुको जिम्मेवारी हेरफेर लगत्तै डोर खटाउन पुगेको परिक्षकको कार्यालयले मधेस फोकस गरेको देखिन्छ।
मधेस प्रदेशको जिम्मेवारी पाएका उपमहालेखा परिक्षक पदमराज पौडेल र नायब महालेखा परिक्षक तराप्रसाद पाण्डेले जिम्मेवारी पाए सगै यसपटक मधेसमा सुशासनलाई बलपुग्ने गरि दर्बिलो प्रतिबेदन आउन सक्ने जानकारहरु बताउछ्न्।
उपमहालेखा परिक्षक पौडेल र पाण्डे महालेखा भित्र बिधि भित्र रहेर उल्लेखनिय नतिजा दिन सक्ने काबिल प्रशासकका रुपमा परिचीत छ्न।मधेस प्रदेशका निम्ति एक नायब महालेखा परिक्षक पाण्डे उपसचिव सात लेखापरीक्षण अधिकारी सत्र लेखापरीक्षण सुब्बा तह सात गरि जम्मा एकतिस जना कर्मचारी मधेस प्रदेशका निम्ति खटिएको पाइएको छ।
बिगतको कार्यसम्पादनलाई हेरेर यसपटक लेखापरीक्षणमा खटाइएको बताइएको छ ।प्राप्त जानकारी अनुसार परिक्षकको कार्यालयले समेत नायब महालेखा परिक्षकलाइ यसपटक लेखापरीक्षण गर्ने मन्त्रालयको जिम्मेवारी दिदा पनि महालेखा परिक्षक तोयम राय स्वयंले नतिजा दिने काबिलपनको सन्दर्भलाई प्राथमिकतामा राखेको बिषयले महालेखाका कर्मचारी बीच काम गर्दा मुल्यांकन हुने र जिम्मेवारी पाइने रहेछ भन्ने सकारात्मक सन्देश गएको समेत बताइएको छ।